सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा युरोपियन युनियनको सहयोग तथा इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ।



सोमबार देखि सञ्चालित दुई दिने उक्त अभिमुखिकरण कार्यक्रमले कर्णाली प्रदेश भरिका मानव अधिकार रक्षकहरूको परिचय र अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा ढाँचा, महिला मानव अधिकार रक्षकको भूमिका, यौगिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानव अधिकार रक्षकको महत्व, जलवायु न्याय तथा व्यवसायमा मानव अधिकार रक्षक (HRDs) को उदयमान अवधारणा जस्ता समसामयिक र महत्त्वपूर्ण विषयवस्तुहरू समेटेर प्रदेश स्तरीय मानव अधिकार रक्षकहरुलाई अभिमुखिकरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूले मानव अधिकार संरक्षण र प्रवर्द्धनमा नयाँ चुनौती र अवसरबारे जानकारी गराएका थिए। विशेष गरी जलवायु परिवर्तन र व्यापारिक गतिविधिमा मानव अधिकारको संरक्षण कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए।
इन्सेक कर्णाली प्रदेश कार्यालय द्वारा यस कार्यक्रममार्फत प्रदेश भरिका मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय, तथा राष्ट्रिय स्तरमा उनीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्ने लक्ष्यका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो। सोमबार देखि सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न हुने छ।
अभिमुखिकरण कार्यक्रमको पहिलो दिनमा विभिन्न क्षेत्र अनि ठाउँ बाट उपस्थित भएका मानवअधिकार रक्षकहरुद्वारा मानव अधिकारका क्षेत्रमा काम गर्दै गर्दा उत्पन्न भएका समस्या र तिनका समाधानका बारेमा पनी जानकारी लगिएको थियो।
दुई दिने अभिमुखिकरण कार्यक्रमा संयोजक सुवेदी सगै, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापा, आन्तरिक तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका उपसचिव उत्तम गौतम, विज्ञ पिताम्बर ढकाल, इन्सेक केन्द्रीय कार्यालयका प्रलेख विभाग प्रमुख मदन पौडेल, रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष विक, इन्सेक सल्यान, दैलेख जिल्लाका पूर्व जिल्ला प्रतिनिधि तथा मानव अधिकार कर्मी, डोल्पा, जाजरकोट, सुर्खेतका इन्सेक जिल्ला प्रतिनिधि लगाएत विभिन्न क्षेत्रमा रही मानवअधिकारका विषयमा आवाज उठाइरहेका मानव अधिकार रक्षकहरुको उपस्थित रहेको थियो।
फाइल फोटो:












