ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

आलम खान/ बाँके : बाँकेको नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सेन्टरको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि यादवले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा उनीहरूको माग उच्च रहेको जिकिर गरे ।

स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेकोले उक्त मागलाई पूर्ति गर्न ट्रेनिङ सेन्टरले भुमिका खेल्ने बताउदैं मेयर यादवले नगरपालिकाले ट्रेनिङ सेन्टर संग समन्वय गरि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सीपमुलक तालिम लिन जरुरी रहेको बताउदै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरुलाई सीपमुलक तालिम दिनका लागि स्थापना गरिएको ट्रेनिङ सेन्टर पश्चिम नेपालकै तालिम दिने थलो बन्ने उल्लेख गरे ।

सेन्टरका निर्देशक भोदुराम थारुले व्यावसायिकता र तालिमको महत्त्वबारे चर्चा गर्दै भने, “हामी दक्ष तालिम र रोजगारीका अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढिरहेका छौँ । लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्ने छ।”

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताए । उनले नेपालगञ्जका युवा बिदेश गए पनि तालिमको अभावले चाहेको जस्तो रोजगारी नपाउने गरेको गुनासोहरु आउने गरेको बताउँदै आउने दिन बैदेशिक रोजगार र स्थानिय स्तरमा रोजगार गर्न चाहने युवाहरुको पहिचान गरि सेन्टर मार्फत आउने आर्थिक वर्षमा वजेट विनियोजन गरि तालिम संचालक गर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकि नेता मिना मल्ल पुनले सफलताको कामना गर्दै शिक्षा परामर्श तथा वैदेशिक रोजगारी क्षेत्रबिच सहकार्य आवश्यक रहेको उल्लेख गरिन।

कार्यक्रममा बर्दियाको मधुवन नगरपालिकाका पुर्व मेयर कृष्ण केसी, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर राउत, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डका,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जिवन मल्ल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश शर्मा, समाज सेवी अमर भण्डारी, लियाना मेनेजमेन्ट सर्भिसका डाइरेक्टर उदय खत्री, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्द, भान्से लक्ष्मण प्रसाद भण्डार लगायतले सीप विकास, व्यावसायिकता र आपसी सहकार्यको महत्त्वमा जोड दिएका थिए।

यसै गरि सोही कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख उपनिर्देशक ओम खण्डकाको बाँके बाट सरुवा भए पछि लियाना हस्पिटालिटीले मायाको चिनो प्रदान गर्दै नयाँ कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको थियो ।

ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठन–पाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा लगायत रहेका छन् ।

कक्षा कोठाहरू २० देखि २५ जना प्रशिक्षार्थी अट्ने क्षमता रहेको सेन्टरका सिइओ अभिषेक थारुले जानकारी दिए । उदघाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षकद्वय, अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डका लगायत बाँके बर्दियाका जनप्रतिनिधि, समाज सेवी, राजनितिक दलका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा लियानाका लेखा अधिकृत बिमला शर्माले फुलमाला लगाएर स्वागत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP