ताजा
डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||   
सोमबार , असार ८, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाको खोला किनारमा बेवारिसे शव फेला परेको छ। जिल्लाको काईके गाउँपालिका–५, सिमओडार स्थित खोलाको किनारमा एक पुरुषको वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

प्रहरीका अनुसार अन्दाजी ३८/४० वर्षको माथिल्लो डोल्पाबासी जस्तो देखिने एक वयस्कको शव भिरबाट लडी खोलाको किनारमा घोप्टो अवस्थामा फेला परेको हो ।

काइकेको खानी गाउँका स्थानीय महेन्द्र रोकायले शव फेला पारी इलाका प्रहरी चौकी छार्कामा सूचना दिएका थिए।

उक्त सूचना मार्फत घटनास्थलमा सत्य तथ्य बुझ्न इलाका प्रहरी कार्यालय छार्का र जिल्ला प्रहरी कार्यालयको टोलील घटनास्थलमा पुगेको थियो।

 

घटनास्थलको आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि भदौ १४ गते दिउँसो १ बजे जिल्ला अस्पताल डोल्पा ल्याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रूक बहादुर खड्काले जानकारी दिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP