सुर्खेत । सुर्खेतमा जंगली बँदेललाई थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको लेकवेशी नगरपालिका–७ लमना स्थित गाउँ नजिकैको जंगलमा त्यहाँका स्थानीयले जंगली बँदेललाई थापेको पासोमा चितुवा परेको हो।
सोमबार बिहान करिब ११ बजे उक्त घाउमा स्थानीयवासीले बदेल समात्नका लागि थापिएको पासोमा चितुवा परेको सूचना दिएपछि इलाका प्रहरी कार्यालय लेकवेशीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) मनिष गुरुङको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।


हाल बन डिभिजन कार्यालयसँग समन्वय गरी चितुवालाई सुरक्षित उद्धार गर्ने कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, घटनामा थप मानवीय क्षति नभएको र चितुवालाई उद्धारपछि बन कार्यालयमार्फत आवश्यक प्रक्रिया पूरा गरिनेछ।











