ताजा
डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||   
सोमबार , असार ८, २०८३

पूर्ण सार्की/डोल्पा। हिमाली जिल्ला डोल्पामा शिलाजीत सहित तीन जना पक्राउ परेका छन्। जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका ८ स्थित ढेकुयान इलाकामा अवैध रूपमा शिलाजित सङ्कलन गर्दै गरेका तीन जना डोल्पाली पक्राउ परेको शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले रंगीन पाटीलाई जानकारी दिएको छ।

 

बिहीबार रिग्मोस्थित अस्थायी सुरक्षा पोष्टबाट पोष्टराज काफ्लेको कमाण्डमा गएको १/४ को नफ्रीमा (निकुञ्ज कार्यालय कर्मचारीसहित) खट्टिएको पट्रोल टोलीले डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका ४ का ५० वर्षीय टसि तार्के गुरुङ, जगदुल्ला गाउँपालिका ५ का निवासी ४० वर्षीय श्रीलाल बि.क., र मुड्केचुला गाउँपालिका ७ का ४५ वर्षीय काली बहादुर सार्कीलाई नियन्त्रणमा लिएको हो।

 

पक्राउ पर्नेहरूबाट करिब ६० किलो शिलाजित, २ वटा घोडा, घोडामा प्रयोग हुने २ वटा कोटी, १०० मिटर डोरी, १ वटा चकु लगायतका सामान बरामद गरिएको छ।

उनीहरूलाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कार्यरत गेमस्काउट सन्तोष बुढाको रोहवरमा दोहोरी भरपाई गरी आवश्यक कानूनी कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP