दिया परिवर्तन/दाङ । दाङ प्रहरीले जेन–जी युवाहरूको प्रदर्शनको क्रममा तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट भागेका १६ जना कैदीलाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय लमही दाङले बाल सुधार गृह नौवस्ता बाँकेबाट भागेका ८ जना, तुलसीपुर कारागारबाट भागेका ५ जना, केन्द्रीय कारागारबाट भागेका २ जना र रुकुम पश्चिम कारागारबाट भागेका १ जनालाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार पक्राउ परेका मध्ये ८ जनालाई तुलसीपुर कारागार पठाइएको छ भने बाँकी ८ जनालाई बाल सुधार गृह नौवस्ता, बाँके पठाउने तयारी भइरहेको छ वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।
सुरक्षाकर्मीको कडा निगरानीबीच पक्राउ परेकाहरुलाई पुनः कारागारमा पठाउने कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।










