नेपालगन्ज । बाँकेको नेपालगञ्जमा ग्राहक र बिक्रेताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ  । नेपालगन्ज ५ बेहनाटोलमा भएको झडपमा परि खसीबोकाका ब्यापारीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षिय जागीरअलि बेहना रहेका छन् । खसीबोकोको मोलमोलाईका क्रममा बिबाद बढ्दैजाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारकै नातेदार रहेका सालाभेनाबीच मोलमोलाईमा बिबाद भएको र सोही बिबाद हिंसात्मक बनेको स्थानीयले बताएका छन् ।

प्रहरीले झडपमा संलग्न भएका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र अन्यको समेत संलग्नता हुन सक्ने बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । पक्राउ परेकाहरूको  नाम भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP