ताजा
कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||   
बुधबार , चैत्र १८, २०८२

डोल्पा । गत भदौ २३ र २४ गते देशभर ‘जेन-जी आन्दोलन’का क्रममा देशभरका सार्वजनिक सरकारी भौतिक संरचना तोडफोड र अागजनी भए ।

प्रदर्शनको क्रममा देशैभर तोडफोड र आगजानी हुँदा हिमाली जिल्ला डोल्पाको  त्रिपुरासुन्दरी नगरपालिकामा भने पालिका मै कार्यरत कर्मचारीले फोटो निकाली तोडफोड गरेको खुलेको छ।

पालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरू आफैले फोटो निकालेर तोडफोड गरेको तथ्य बाहिर आएको छ। पनेरूले सो दिन साँझ नगरपालिकाको मुख्य प्रवेशद्वारको चाबी नगर प्रहरीसँग मागी आफै कार्यालयभित्र प्रवेश गरी पालिकामा राखेका फोटो निकाली तोडफोड गरेकाे एक् श्रोतले जानकारी दिएको छ।

 

श्रोतका अनुसार उनले नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्षहरूमा राखिएका  राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानमन्त्रीकाे फोटो आफै निकालेर तोडफोड र जलाउने कार्य गरेका थिए।

स्थानीयस्तरमा सुरुवाती चरणमा यो तोडफोडलाई ‘जेन-जी प्रदर्शनकारी’ले गरेको भन्ने हल्ला फैलिएको थियो। तर, घटनाको सत्यतथ्य बुझ्दा नगरपालिकाकै कर्मचारी पनेरूको संलग्नतामा पालिकामा तोड्फोड भएको पाइएको छ।

आफ्नै कर्मचारीले प्रदर्शनमा फाइदा उठाइ  फोटो निकाली तोडफोड गर्दा समेत पालिका अझै बेखबर बनिरहेको छ। नगरपालिकाका कर्मचारीका अनुसार पनेरू कार्यालय समयमा ठूलो स्वर निकाल्दै धार्मिक भजन सुन्दै बस्ने व्यक्ति हुन् ।

आफ्नै कर्मचारीकाे कारणले गर्दा जेनजी प्रदर्शनको क्रममा त्रिपुरासुन्दरीले तोड्फोड बाट क्षति बेहोर्नु परेको थियो ।

त्रिपुरासुन्दरी नगरपालिका वास एकाई शाखाको सिलवन्दी दरभाउपत्र आह्वानको सूचना 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP