ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

पूर्ण सार्की/ डोल्पा। हिमाली जिल्ला डोल्पामा निर्माणाधीन जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच विद्युत निकासीको लागि साझेदारी भएको छ ।

जगदुल्ला हाइड्रोपावर अन्तर्गत जगदुल्ला–ए जलविद्युत आयोजनाको १२४.३५ मेगावाटको विद्युत निकासीका लागि समझदारी भएको कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।

उक्त समझदारीअनुसार ४०० केभी भेरी करिडोरमार्फत आवश्यक प्रसारण पूर्वाधार विकास गरिने उनले बताए । यस साझेदारीले जगदुल्लामा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी सँगको यो सहकार्य नेपालको ऊर्जा प्रणाली सुदृढीकरणतर्फ महत्वपूर्ण कदम भएको बताउँदै अधिकृत सापकोटाले आयोजनाबाट उत्पादित विद्युत प्रभावकारी रूपमा राष्ट्रिय ग्रिडमा समावेश गर्न प्रसारण पूर्वाधार विकास अनिवार्य रहेको बताए।

यस परियोजनाले कर्णाली सहित समग्र देशको जलविद्युत क्षेत्रको विकासमा टेवा पुर्‍याउने छ । साथै यस परियोजनाले दीर्घकालीन रूपमा ऊर्जा आपूर्ति व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP