ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा:सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुनै शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डोल्पाको ऐतिहासिक र नियमित पठनपाठन गर्दै आएको डोल्पो क्याम्पस, दुनैलाई रंगिन प्रिन्टर तथा क्यानोन स्क्यानर प्रदान गरेको छ।

 

डोल्पो क्याम्पसकै प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रममार्फत बैंकको कर्णाली प्रदेश इन्चार्ज प्रकाश महतले क्याम्पस प्रमुख विष्णुलाल बुढालाई उक्त उपकरणहरू हस्तान्तरण गरे। क्याम्पसको कार्यालयीय कार्यलाई सहज बनाउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ।

 

कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनलका दुनै शाखा प्रमुख पृथी बहादुर डाँगी, जुफाल शाखा प्रमुख नविन कुमार वोहोरा, तथा अपरेसन इन्चार्ज हरिदत्त बुढाको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

 

डोल्पो क्याम्पसले बैंकलाई आभार प्रकट गर्दै उपकरणहरूले दैनिक कार्यसञ्चालनमा उल्लेखनीय सहजता र प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरेको छ। बैंकले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यी सामग्रीहरू प्रदान गरेको हो।

सिटिजन्स बैंकको यो पहलले डोल्पो क्याम्पसजस्तो दुर्गम क्षेत्रको शैक्षिक संस्थामा प्रविधिको पहुँच अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP