ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

पुर्ण सार्की/डोल्पा– प्रतिनिधि सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका प्रभावशाली युवा नेता माधव सापकोटा ‘सुबोध’ले डोल्पाका समस्या र डोल्पा बासी जनताको पीडा र माग संसदमा उठाएका छन्।

करिब दुई हप्ता अघि नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी नगरकमिटीको अधिवेशनमा प्रमुख अतिथि बनी कार्यक्रममा सहभागी हुन डोल्पा पुगेका सापकोटाले जिल्ला स्थित सरोकारवालाहरु सँगको भेटघाटमा जिल्ला भित्रका जनताको समस्याहरू नजिकबाट सुनेर ती संसदमा प्रस्तुत गर्ने वाचा गरेका थिए। बिहीबार प्रतिनिधि सभामा बजेट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताहरूमा भएको छलफलमा भाग लिँदै उनले डोल्पाको विकास, यातायात, सञ्चार, सेवालगायतका समस्याहरू उजागर गरेका छन।

सापकोटाले भेरीकरिडोर सडक खण्ड अन्तर्गत पर्ने लासीक्याप-सिसौल सम्मको ३३ किमी सडक खण्ड कडा चट्टानका कारण अत्यन्तै कठिन भएको र उक्त ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिनुपर्ने स्थानीयको माग भएको प्रतिनिधि सभामा सुनाए ।
साथै, माथिल्लो डोल्पाका तीन पालिकामा राष्ट्रिय सडक सञ्जाल नपुगेका कारण टेलिकम, इन्टरनेट, फोन लगायतका सेवा सुचारु हुन नसकेको उल्लख गरे ।
त्यस्तै भेरिकरिडोर सडक खण्ड भित्रकै जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत पर्ने खोलाहरूमा निर्माणाधीन पुल अलपत्र पर्दै गएको उल्लेख गर्दै, सापकोटाले पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई जवाफदेही बनाउन माग गरे। पुल नहुँदा वर्षातमा यातायात पूर्ण रूपमा प्रभावित हुने गरेको जनगुनासो रहेको उनले बताए।

माथिल्लो डोल्पाका नागरिकलाई सामान्य राष्ट्रिय परिचय पत्र , नागरिकता , सिफारिश जस्तै अन्य सेवाको लागि पैदल यात्रा गर्दै सदरमुकाम आउनुपर्ने बाध्यताप्रति चिन्ता व्यक्त गर्दै, उनले तत्काल माथिल्लो डोल्पाको पाएक पर्ने स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरी त्यहाँ देखि नै सेवा प्रवाह गर्न आग्रह गरे। यसले नागरिक सेवा प्रवाह सहज हुने भन्दै डोल्पाबासीको माग सापकोटाले संसदमा प्रस्तुत गरे। ‘डोल्पाबासीले मलाई सरकारलाई सुनाइदिनु भनेर सन्देश पठाउनु भएको छ, बजेट आउनुअघि नै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ सापकोटाले संसदमा भने।

सडक सञ्जालले न छोएको माथिल्लो डोल्पाका नागरिकलाई बीमारी पर्दा राज्यले सहुलियत शुल्कमा हेलिकप्टरको व्यवस्थापन गरी नागरिकलाई सहज अनुभूति दिलाउन समेत आग्रह गरे।

त्यस्तै मोरीम र क्याटो नाका खुल्ने क्रममा चीनसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा निकाय र अस्थायी भन्सार कार्यालयको स्थापना गरी आवागमन तथा व्यापार सुरक्षात्मक र व्यवस्थित बनाउनुपर्ने भन्दै पनि उनले
डोल्पाबासीको माग सापकोटाले संसदमा प्रस्तुत गरे। ‘डोल्पाबासीले मलाई सरकारलाई सुनाइदिनु भनेर सन्देश पठाउनु भएको छ, बजेट आउनुअघि नै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ सापकोटाले संसदमा भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP