डोल्पा – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा विगत एक दशकदेखि निरन्तर सेवा गर्दै आएका डोल्पा जिल्लाका दुई शाखा प्रमुख पृथ्वी बहादुर डाँगी र नवीन कुमार बोहरा ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित भएका छन्। डाँगीले दुनै शाखाको नेतृत्व गरिरहेका छन् भने बोहरा जुफाल शाखा प्रमुखका रूपमा कार्यरत छन्।
बैंकले उनीहरूको लामो सेवा अवधि र समर्पणलाई उच्च सम्मान दिँदै विशेष समारोहका बीच सम्मान प्रदान गरेको हो। सिटिजन्स बैंकले उत्कृष्ट कार्यसम्पादन र दीर्घकालीन सेवामार्फत संस्थामा योगदान पुर्याउने कर्मचारीहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको परम्परा निरन्तरता दिँदै आएको छ।


शाखा प्रमुख डाँगी र बोहरासँगै देशभरका विभिन्न शाखामा कार्यरत अन्य शाखा प्रमुख तथा कर्मचारीहरू पनि यस वर्षको दीर्घ सेवा सम्मान पदकबाट सम्मानित भएका छन्।
बैंकले आफ्नो सेवा क्षेत्रको सुदृढीकरण र कर्मचारीको मनोबल अभिवृद्धिका लागि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।











