ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा दुई दिने निशुल्क विशेषज्ञ  स्वास्थ्य शिविर  सञ्चालन हुने भएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाको सहजीकरणमा यही जेठ २५ र २६ गते त्रिपुरासुन्दरी नगरपालिका ०१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा दुई दिने निशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाले जानकारी दिएको छ।

दुई दिन सम्म चल्ने निःशुल्क विशेषज्ञ  स्वास्थ्य शिविरमा छाला, आँखा, दन्त रोग, पेट तथा छातीको चेकजाँच सगै भिडियो एक्सरे सेवा प्रदान गरिने स्वास्थ्य सेवा कार्यालय डोल्पाका सूचना अधिकारी तथा कार्यक्रम फोकल पर्सन दयानन्द गौडले जानकारी दिए।

स्वास्थ्य सेवा कार्यालय डोल्पा र त्रिपुरासुन्दरी नगरपालिका बीचको एक बैठकमा दुवै पक्ष बीच दुई दिने निशुल्क विषेशज्ञ स्वास्थ्य शिविर राख्ने भनी निर्णय गरिएको थियो।

शिविर यहाँका स्थानीय बासिन्दाका लागि लाभदायी हुने र सबैलाई शिविरमा उपस्थित भै आफ्नो स्वास्थ्य चेकचाज गर्न स्वास्थ्य सेवा कार्यालय डोल्पाले अनुरोध गरेको छ।

शिविरमा नगरपालिका भित्रका बासिन्दा सगै जिल्ला  भरका नागरिकले समेत सेवा लिन पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP