ताजा
विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||   
मंगलबार , असार २, २०८३

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लागुऔषध (अफिम) सहित एकजना महिला पक्राउ परेकी छन् । सोमबार राति विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ की घर भई हाल वीरेन्द्रनगर–१२ नारायण टोल बस्ने २८ वर्षीया शर्मिला कुमारी बस्नेत रहेकी छन् ।

प्रहरीले उनी बसेको कोठा र शौचालय खानतलासी गर्दा चरेशजस्तो देखिने कालो डल्लो पदार्थ १७ ग्राम ३६० मिलिग्राम, अफिमजस्तो देखिने भिजेको कालो गिलो पदार्थ ५ ग्राम ७२० मिलिग्राम र अफिमको बीउजस्तो देखिने सेतो दाना ५ किलोग्राम ३७० ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथोकीले  जानकारी दिए ।

उनकाअनुसार उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP