सल्यान जिल्लाकी सक्रिय सन्चारकर्मी तथा कान्तिपुर टेलिभिजनकी संवाददाता सरिता चलाउनेलाई यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले वातावरण दिवसको अवसरमा आज उनलाई ४० हजार रुपैयाँ राशिको ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।



चलाउनेले विगत १० वर्षदेखि वन तथा वातावरणसँग सम्बन्धित विषयमा निरन्तर कलम चलाउँदै आएकी छिन्। विशेष गरी उनले जिल्लामा वन वातावरण, जलवायु परिवर्तनको असरबारे रिपोर्टिङ गरिरहेकी छन्। उनलाई उनले गरेका रिपोर्टको आधारमा पुरस्कृत गरिएको हो ।
स्थानीय स्तरमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धिमा पत्रकार चलाउनेको योगदान उल्लेखनीय रहेको छ ।
यसअघि पनि उनले अन्तरास्ट्रिय इन्जा पत्रकारिता पुरस्कार, रोटरी इन्टरनेसनल जर्नो अवार्ड, पहिलो कर्णाली प्रदेश पत्रकारिता पुरस्कार लगायतका सम्मान प्राप्त गरिसकेकी छन्।
उनी प्रेस सेन्टर नेपालकी सल्यान जिल्ला अध्यक्ष समेत हुन्।











