काठमाण्डौ:भिजिट भिसा प्रकरणबारे नेपाली कांग्रेस र नेकपा माओवादीका नेताहरूबीच छलफल जारी छ।
संसद्को गतिरोध अन्त्यका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको प्रस्तावमा सहमति नजनाएपछि अहिले माओवादी र कांग्रेसका प्रमुख सचेतकसहितको छलफल जारी रहेको बताइएको छ।













