ताजा
डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||   
सोमबार , असार ८, २०८३

डोल्पा: डोल्पा र रुकुम पश्चिमको सिमानामा पर्ने त्रिवेणीस्थित ठुली भेरी नदीको किनारमा बेवारिसे अवस्थामा एक अज्ञात शव फेला परेको छ।

सोमबार बिहान त्रिवेणी क्षेत्रमा ठुली भेरी नदीको किनारमा शव देखिएको मुडकेचुला गाउँपालिका–३ का वडा अध्यक्ष विष्णु बूढाले रंगीन पाटीलाई जानकारी दिए।

उनका अनुसार भेरीनदीको बहाव अत्यधिक उच्च रहेकाले शव महिला हो वा पुरुष भन्ने कुरा अहिलेसम्म पहिचान हुन सकेको छैन।

शव फेला परेपछि उक्त विषयमा जिल्ला प्रहरी कार्यालय डोल्पालाई जानकारी गराइएको छ। जानकारी पश्चात घटनाको अनुसन्धानका लागि घटना स्थलमा प्रहरी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रूक बहादुर खड्काले रंगीन पाटीलाई जानकारी दिए।

प्रहरीका अनुसार ठुली भेरी नदीमा पानीको सतह उच्च रहेकाले शव निकाल्न कठिनाई भइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP