ताजा
डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||   
सोमबार , असार ८, २०८३

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सोमबार बिहान करिब  साढे ९ बजे शिवालय गाउँपालिकाबाट छेडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३५० नम्बरको बोलेरो जीप थलह–छेडा सडकखण्डको साल्टडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी जीप चालक शिवालय–८ का २६ वर्षीय हस्त बुढा, भेरी नगरपालिका–१ की ४६ वर्षीया अबिकला राना, शिवालय–३ का ५० वर्षीय पशुपति शर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नन्दबहादुर बिष्टले रंगीन पाटीलाई जानकारी दिए । उनीहरूको निधार, टाउको, खुट्टा र पेटमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अन्य तीन जना घाइतेको भने पहिचान खुलेको छैन ।

जीपमा  सवार ९  जना मध्ये तीन जना सकुशल र ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट करिब २६ मिटर तल खोलामा खसेको थियो । घाइतेहरूलाई स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेतको सिम्ता गाउँपालिका स्थित जामुने बजार पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP