दिया परिवर्तन/दाङ । दाङ प्रहरीले जेन–जी युवाहरूको प्रदर्शनको क्रममा तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट भागेका १६ जना कैदीलाई  पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय लमही दाङले बाल सुधार गृह नौवस्ता बाँकेबाट भागेका ८ जना, तुलसीपुर कारागारबाट भागेका ५ जना, केन्द्रीय कारागारबाट भागेका २ जना र रुकुम पश्चिम कारागारबाट भागेका १ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये ८ जनालाई तुलसीपुर कारागार पठाइएको छ भने बाँकी ८ जनालाई बाल सुधार गृह नौवस्ता, बाँके पठाउने तयारी भइरहेको छ वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

सुरक्षाकर्मीको कडा निगरानीबीच पक्राउ परेकाहरुलाई पुनः कारागारमा पठाउने कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP