नेपालगन्ज । बाँकेको नेपालगञ्जमा ग्राहक र बिक्रेताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । नेपालगन्ज ५ बेहनाटोलमा भएको झडपमा परि खसीबोकाका ब्यापारीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ५२ वर्षिय जागीरअलि बेहना रहेका छन् । खसीबोकोको मोलमोलाईका क्रममा बिबाद बढ्दैजाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारकै नातेदार रहेका सालाभेनाबीच मोलमोलाईमा बिबाद भएको र सोही बिबाद हिंसात्मक बनेको स्थानीयले बताएका छन् ।


प्रहरीले झडपमा संलग्न भएका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र अन्यको समेत संलग्नता हुन सक्ने बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन।










