डोल्पा।हिमाली जिल्ला डोल्पामा जिल्लास्तरीय आयोजना सिफारिस समितिको बैठक सुरु भएको छ।
कर्णाली प्रदेश सरकारको आयोजना बैंकका लगि जिल्लावाट योजना सिफारिस गर्न जिल्लास्तरीय आयोजना सिफारिस समितिको बैठक सुरु भएको हो ।


सदरमुकाम दुनै स्थित जिल्ला समन्वय समितिको सभा हलमा कर्णाली प्रदेश आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१, बमोजिम कर्णाली प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य विर बहादूर शाहीको अध्यक्षतामा जिल्लास्तरीय आयोजना सिफारिस समितिको बैठक बुधबारबाट सुरू भएको जिल्ला समन्वय समितिका प्रमुख श्याम रोकायले जानकारी दिए ।

दुई दिन सम्म सञ्चालित हुने बैठकमा जिल्ला स्तरीय आयोजना सिफारिस समितिको बैठकबाट कर्णाली प्रदेश सरकारका लागि आर्थिक बर्ष ०८३।०८४ को लागि सेवाग्राही र स्थानीय तह मार्फत् विषयगत कार्यालयमा सूचीकृत भएका आयोजनालाई प्रदेश आयोजना बैंकमा सिफारिस गरिने छ ।
बैठकमा जिल्ला देखि प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश सभाका सदस्य शाही, उर्मिला विश्वकर्मा र प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री शेर बहादुर बुढा, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारी प्रतिनिधि सहित सरोकारवाला निकायहरूको उपस्थिति रहेको छ ।
बैठकमा जिल्लामा सञ्चालन गरिने विभिन्न आयोजना प्रस्तावहरूको छनोट तथा सिफारिसबारे छलफल भइरहेको
र यसले जिल्लाको विकास निर्माणका कार्यक्रमहरूलाई प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने समेत समन्वय प्रमुख रोकायले जानकारी दिए ।











