ताजा
डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||   
सोमबार , असार ८, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

भेरी करिडोर सडक खण्ड अन्तर्गत आइतबार जिल्लाको ठुलीभेरी नगरपालिका-४ रुपगाड क्षेत्रमा सवारी चालकहरूको लागुऔषध सेवन परीक्षणका क्रममा दुई जना चालकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

उनका अनुसार १३ जना सवारी चालकको लागुऔषध सेवन परीक्षण गरिएकोमा दुई जना चालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई कानुनबमोजिम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१८ निवासी ३३ वर्षीय रवि पहाडी र रुकुम पश्चिमको सानीभेरी नगरपालिका-०८ निवासी २९ वर्षीय गणेश विक रहेका छन्।

जिल्लाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल सहित प्रहरी नायब उपरीक्षक अनिल राज गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला स्वास्थ्य सेवा कार्यालयको सहयोगमा भेरी करिडोर सडक खण्डमा सञ्चालन हुने सवारी साधनका चालकहरूको परीक्षण गरेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न यस्ता निगरानी तथा परीक्षण अभियानलाई निरन्तरता दिइने जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP