ताजा
डोल्पामा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्रयाक्टर नियन्त्रणमा  ||    डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||   
सोमबार , असार ८, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा लागिएको छ

। जिल्लाको ठूलीभेरी नगरपालिका-०३ धुपिचौर नजिक ठूली भेरी नदीको किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै गरेको रा १ त ३४०१ नम्बरको ट्रयाक्टरलाई आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रहरीले ट्रयाक्टरसँगै चालक दाङको लमही नगरपालिका-०१ सुनडबरी निवासी ३१ वर्षीय राजु चौधरीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएको ट्रयाक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि ठूली भेरी नगरपालिकाको कार्यालय जुफालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी पदम रावलले जानकारी दिए।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP