ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

कालीकोट — कालीकोटको रास्कोट नगरपालिकामा एक शिक्षकले मदिरा सेवन गरेर नगर कार्यपालिका सदस्यमाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म व्यापक आक्रोश उत्पन्न भएको छ।

 

रास्कोट नगरपालिका वडा नं. २ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले मदिरा सेवनपछि सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेका हुन्। घटना वैशाख ३१ गते बुधवार दिउँसो भएको हो।

 

प्रत्यक्षदर्शीहरूका अनुसार मदिराको मातमा रहेका सिम्खाडाले आपसी विवादका क्रममा योगीमाथि हातपात गरेका थिए। कुटपिटबाट घाइते योगीको कानमा चोट लागेको र थप उपचारका लागि उनलाई सुर्खेत लैजाँदै गरिएको स्थानीय चक्रनाथ योगीले वताए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

 

घटनापछि स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाहरूले घटनाको कडा भर्त्सना गरेका छन्। जिम्मेवार पदमा रहेर मदिरा सेवन गर्दै सार्वजनिक पदमा रहेकी महिला जनप्रतिनिधिमाथि हातपात गर्नु अत्यन्तै गम्भीर र निन्दनीय रहेको उनीहरूको भनाइ छ।

 

वडा-३का वडाध्यक्ष राजेन्द्र योगीले यो घटना केवल व्यक्तिगत झगडा नभई सम्पूर्ण शिक्षा क्षेत्र, शिक्षक समुदाय र सार्वजनिक जीवनको गरिमा तथा जिम्मेवारीमाथि नै प्रश्न उठाउने खालको भएको बताए। “नगर कार्यपालिकाका महिला सदस्यमाथि सार्वजनिक स्थलमा मदिराको मातमा कुटपिट हुनु गम्भीर विषय हो। दोषी शिक्षकमाथि कानुनी रूपमा कडा कारबाही हुनु आवश्यक छ,” उनले बताए।

 

यस घटनाले स्थानीय तहमा महिला जनप्रतिनिधिमाथि हुने हिंसा र सार्वजनिक क्षेत्रमा मदिरा सेवनको दुष्परिणामबारे पुनः बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP