ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

रुकुम पश्चिमकी छोरी विजया पुन मगरले छोरीहरूलाई दयाको भाव नभई अवसर आवश्यक रहेको बताएकी छन् । श्री ज्योति फाउन्डेसनको आयोजनामा शनिबारदेखि जारी कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करणको दोस्रो दिन छोरिका मनका कुरा सत्रमा बोल्दै उनले शिक्षा, स्वास्थ्य, नेतृत्व विकास र सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग गम्भीर हुनुपर्ने बताइन । उनले अझै पनि कतिपय स्थानमा महिनावारी, बालविवाह, छुवाछुत र यौन दुर्व्यवहारजस्ता समस्याहरू कायम रहेको उल्लेख गर्दै अभिभावक तथा समुदायको चेतना अभिवृद्धिमा जोड दिइन् ।

यस्तै सत्रका अर्का वक्ता हिरा राउतले रुकुम पश्चिममा शिक्षाको पहुँच विस्तार भए पनि गरिबी, घरायसी जिम्मेवारी र असमान अवसरका कारण धेरै छोरीहरू अझै गुणस्तरीय शिक्षाबाट वञ्चित भइरहेको गुनासो गरिन । उनले सबै छोरीलाई समान अवसर उपलब्ध गराउन स्थानीय तहले गाउँ–गाउँमा पुगेर आवश्यकता पहिचान गर्नुपर्ने धारणा राखिन् । रुकुम पश्चिमकै हिरा कुसारीले छोरीहरूलाई सक्षम बनाउन सबैभन्दा पहिले समाजको सोच परिवर्तन हुनुपर्ने बताइन् ।

छोरी र बुहारीबीच हुने विभेद, महिलामाथि हुने हिंसा तथा असुरक्षाका घटनाले आत्मविश्वास कमजोर बनाउने भन्दै उनले चेतनाको विकास, पारिवारिक सहयोग र सरकारी लगानीलाई सशक्तीकरणको आधार मानिन् । ‘छोराले गर्न सक्ने काम छोरीले पनि गर्न सक्छ भन्ने सोच स्थापित हुनुपर्छ,’ उनले भनिन् । वक्ता सुशान्त शाहले रुकुम पश्चिममा महिनावारीसम्बन्धी विभेद पहिलेको तुलनामा कम भए पनि अझै भान्छामा प्रवेश निषेध गर्ने र छुट्टै भाँडा प्रयोग गराउने चलन कायम रहेको बताइन । उनले अशिक्षा र परम्परागत सोचका कारण छोरीहरूको शिक्षामा पनि विभेद हुने गरेको उल्लेख गरिन । लैङ्गिक विभेदबारे छलफलका क्रममा सहभागीहरूले कतिपय परिवारमा छोरालाई निजी विद्यालय वा बाहिर पढ्न पठाउने तर छोरीलाई गाउँकै विद्यालयमा सीमित गर्ने प्रवृत्ति अझै विद्यमान रहेको बताएका थिए । अभिभावककै सोच परिवर्तन नभएसम्म विभेद अन्त्य हुन नसक्ने उनीहरूको निष्कर्ष थियो ।

सहभागीहरूले संविधानले महिलाको अधिकार, शिक्षा र सुरक्षाको व्यवस्था गरे पनि ती अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे । छोरीहरूको आवश्यकता र स्थानीय समस्याका आधारमा नीति तथा कार्यक्रम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP