ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

सुर्खेत । नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले शिक्षा, रोजगारी, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा विद्यार्थी सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सामाजिक विकास मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गरिएको छ ।

नेविसंघ कर्णालीका अध्यक्ष रोशन बस्नेत ले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि सरकारी तथा सार्वजनिक निकायमा पारिश्रमिकसहितको प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, सूचना प्रविधि, नवप्रवर्तन, स्टार्टअप, कृत्रिम बुद्धिमत्ता तथा रोबोटिक्स क्लबजस्ता क्षेत्रमा बजेट सुनिश्चित गर्नुपर्ने, विद्यालयस्तरको दिवा खाजा कार्यक्रमको विस्तार तथा गुणस्तर सुधार गर्नुपर्ने र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा संघले जोड दिएको छ ।

नेविसंघले विद्यार्थी तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेटी प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP