ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने १७ जना पक्राउ परेका छन् ।

जिल्लाको शे- फोक्सुण्डो गाउँपालिका ८ स्थित र्याची क्षेत्रबाट अवैध रुपमा यार्सागुम्बा चोरी गर्न जाँदै गरेका १७ जनालाई पक्राउ गरिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

कार्यालयका अनुसार शनिबार र्याचि क्षेत्रबाट लुकिछिपी यार्सागुम्बा संकलन गर्न जाँदै गरेका जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका २ रसी गाउँका १७ जनालाई सुन्धुवा स्थित निकुञ्ज र नेपाली सेनाको संयुक्त सुरक्षा पोष्टले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी २ का ३२ वर्षीय राम बहादुर बुढा, १९ वर्षीय निर्मला बुढा, १० वर्षीय नवराज बुढा, ३५ वर्षीय छकी लामा, २० वर्षीय सविना लामा, २३ वर्षीय रमेश बुढा, २५ वर्षीय सोनम बुढा, १६ वर्षीय मनमाया बुढा, ८ वर्षीय हिमाल बुढा, १३ वर्षीय अस्मिता बुढा, १५ वर्षीय विवश बुढा, १५ वर्षीय गिता बुढा, २५ वर्षीय गोविलाल बुढा, २६ वर्षीय मेलि बुढा, २४ वर्षीय पेमा बोहरा, १४ वर्षीय निशान बोहरा, १७ वर्षीय पूर्णिमा बोहरा रहेको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जका अनुसार उनीहरुलाई शनिबार पक्राउ गरी आइतबार निकुञ्जको कार्यालयमा ल्याइएको निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए । निकुञ्जले यो भन्दा अगाडि पनि लुकीछुपी यार्सागुम्बा संकलन गर्न जाने ८ जनालाई पक्राउ गरेको थियो ।

यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा डोल्पाका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका सम्पूर्ण यार्सापाटनहरु जेठ १० गते खुल्ला गरिने निर्णय गरिएको छ ।

निकुञ्जले यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागी पाटनतिर नजान आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP