ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

पूर्ण सार्की/ डोल्पा । डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति गरिएको छ ।

शनिबार रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयमा बसेको अन्तरजिल्ला समन्वय बैठकमा तीन जिल्लाबीच सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा नागरिक सेवासम्बन्धी विषयमा आपसी समन्वयलाई थप प्रभावकारी बनाउने सहमति गरिएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिईन्।

उनका अनुसार बैठकमा विशेषगरी भेरीकरिडोर अन्तर्गत रुकुम पश्चिमको दामाचौर र मुलातार स्थित खोलामा वर्षायाममा पानीको बहाव बढ्दा सर्वसाधारणले भोग्दै आएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

 

उक्त समस्याको समाधानका लागि आवश्यक समन्वय र व्यवस्थापन गर्ने सम्बन्धमा रुकुम पश्चिम र जाजरकोट जिल्लासँग लिखित रूपमा निर्णयसमेत गरिएको उनले बताइन्।

बैठकले हाल जाजरकाेटमा रहेको भेरीकरिडोर कार्यालयलाई डोल्पाको दुनैमा स्थानान्तरण गर्न आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ।

यसका साथै डोल्पासँग प्रत्यक्ष रूपमा सरोकार राख्ने सडक पूर्वाधार, सुरक्षा व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, यातायात सञ्चालन तथा नागरिक सेवाका विषयमा तीन जिल्लाबीच निरन्तर सहकार्य र समन्वयलाई मजबुत बनाउने सहमति गरिएको छ ।

अन्तरजिल्ला सुरक्षा तथा समन्वय बैठकमा सीमा क्षेत्रको सुरक्षा अवस्था, विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, नागरिक आवतजावतमा सहजता, विपद् व्यवस्थापनका साझा चुनौती तथा समाधानका उपायहरूबारे समेत छलफल भएको प्रजिअ हमालले बताइन् ।

उनले बैठकबाट भएका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूबीच नियमित समन्वय र सहकार्यलाई निरन्तरता दिइने जानकारी दिईन ।

बैठकले तीन जिल्लाबीचको आपसी सम्बन्ध, सहकार्य र विकासका साझा प्रयासलाई थप सुदृढ बनाउने विश्वास समेत व्यक्त गरिएको छ । बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP