ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

डोल्पाकी शिक्षाकर्मी सोनाम भुट्टी गुरुङले कर्णालीका दुर्गम बस्ती अझै पनि राज्यको मूलधारबाट टाढा रहेको बताएकी छन् । वीरेन्द्रनगरमा जारी  दोस्रो संस्करणको कर्णाली छोरी सम्मेलनको ‘प्रेरणाको प्रतिविम्ब’ सत्रमा बोल्दै गुरुङले डोल्पा, मुगु र हुम्लाका विद्यार्थीहरू वर्षको आधा समय मात्र विद्यालय जान पाउने अवस्थाले उनीहरू प्रतिस्पर्धामा पछि पर्न बाध्य भइरहेको बताइन ।

उक्त सत्रको सहजिकरण पत्रकार यज्ञ खत्रीले गरेका थिए । ‘आरक्षण दिनुभन्दा पहिले शिक्षा, स्वास्थ्य, खाना र आवासको आधार तयार गर्नुपर्छ,’ उनले भनिन् । राज्यले दुर्गम क्षेत्रका नागरिकलाई अवसरको समान पहुँच दिन नसकेको उल्लेख गर्दै उनले कर्णालीका बासिन्दालाई सहानुभूतिको पात्र नभई सम्भावनाको केन्द्रका रूपमा हेर्न आग्रह गरिन् ।

उनले आफ्नो सफलताको प्रमुख प्रेरणा आमालाई मान्दै महिलाको शिक्षा र आत्मनिर्भरता नै सामाजिक परिवर्तनको आधार भएको धारणा व्यक्त गरिन् । छोरीलाई अझै पनि ‘अर्काको घर जाने जात’ भनेर हेर्ने सोच कायम रहेको भन्दै उनले महिलाहरूले कानुनी अधिकार, शिक्षा र आत्मविश्वासका माध्यमबाट विभेदविरुद्ध उभिनुपर्ने बताइन् ।

सत्रकी अर्की वक्ता तथा एमबीबीएस अध्ययनरत झरना बडुवालले कर्णालीमा भौतिक विकास भए पनि लैङ्गिक दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसकेको बताइन् । छोरीहरूको करियरलाई विवाहसँग जोडेर हेर्ने प्रवृत्ति अझै कायम रहेको उल्लेख गर्दै उनले महिलाहरूलाई क्षमता अनुसार अवसर प्राप्त गर्ने वातावरण निर्माण हुन नसकेको धारणा राखिन् ।

बडुवालले कर्णालीमा मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा उच्च रहेको तथ्य प्रस्तुत गर्दै यसको प्रमुख कारण स्वास्थ्य सेवाको अभावसँगै पितृसत्तात्मक सोच रहेको बताइन् । महिलाहरूले आफ्ना स्वास्थ्य समस्या खुलेर राख्न नसक्ने र स्वास्थ्यलाई प्राथमिकता नदिने प्रवृत्ति अझै कायम रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP