ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

काठमाण्डौ: हवाईजहाजमा यात्रुहरु उभिएर यात्रा गरेको देख्नु भएको छ ? पक्कै पनि छैन । किनभने हवाईजहाजमा बस वा रेलमा जस्तो उभिएर यात्रा गर्न पाइँदैन । सिटमा बसेर, सिटबेल्ट बाँधेर मात्र यात्रा गर्न पाइन्छ ।

तर, युरोपेली केही ठूला एयरलाइन्सहरुले भने आफ्ना केही जहाजहरुमा यात्रुहरुलाई सस्तो भाडा दरमा उभिएर यात्रा गराउने तयारी गरेको फस्ट पोस्टले जनाएको छ । समाचार अनुसार दुई घण्टाभन्दा कम दुरीको छोटो उडानमा मात्र उभिएर यात्रा गर्न मिल्ने हवाईजहाज उडाइने छ ।

युरो विक्ली न्युजले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार यो योजनालाई ‘स्काई राइडर २.०’ नाम दिइएको छ । यो स्याडल शैलीको सिट इटालीको कम्पनी ‘एभियो इन्टेरियर्स’ले सन् २०१८ मै डिजाइन गरेको थियो । त्यसलाई सन् २०२६ को सुरुमा व्यावसायिक रूपमा लागू गर्ने तयारी छ ।

फस्ट पोस्टले राखेको भिडियो हेर्दा उभिएर यात्रा गर्ने मिल्ने सिटको डिजाइन साइकलको सिट जस्तै देखिन्छ । अनि पछाडि ढाड र टाउको अड्याउन मिल्ने गरी सपोर्ट दिइएको छ । सुरक्षाका लागि सिटबेल्ट पनि राखिएको छ । अगाडि र पछाडिका सिटको दुरी घटाइएको छ ।

सिटको तौल पनि सामान्य विमान सिटको तुलनामा आधा कम हुने छ । त्यसले इन्धनको खपत र विमानको तयारी समय दुवै घटाउन मद्दत गर्ने बताइएको छ ।

रिपोर्ट अनुसार, स्काइराइडर सिट राखिएका हवाईजहाजबाट आपतकालीन स्थितिमा यात्रुहरुलाई चाँडै बाहिर निकाल्न मिल्ने लगायतका अरु सुरक्षा परीक्षणहरू पास भइसकेको छ । तर, उडान नियामक निकायहरूले अन्तिम स्वीकृति दिन भने बाँकी छ ।

युरोपेली उड्डयन उद्योगमा यस प्रकारको नयाँ प्रविधिप्रति चासो बढ्दै गएको देखिन्छ । यदि यो सफल भएमा, अमेरिका, दक्षिण अमेरिका र एशिया लगायत देशका हवाई कम्पनीहरुले पनि उभिएर यात्रा गर्न मिल्ने हवाईजहाज भित्राउने सम्भावना छ ।

 

मिश्रित प्रतिक्रिया

हवाईजहाज छ भित्र उभिएर यात्रा गर्न मिल्ने यो अवधारणामाथि मिश्रित प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । केही यात्रुहरू सस्तो टिकटमा हवाई यात्रा सम्भव हुने भन्दै उत्साहित देखिएका छन् ।

केहीले भने उभिएर यात्रा गर्दा सम्मानजनक नहुने र लामो समय उभिएर यात्रा गर्नुपरेमा असहज हुने भन्दै आलोचना गरेका छन् ।

कतिपयले त यसलाई भीडभाड भएको रेलमा उभिएर यात्रा गरेसरह भनेर पनि तुलना गरेका छन् ।

अनलाइन खबर देखि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP