ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यो वर्ष यार्सागुम्बा संकलन पुर्जी वितरणबाट १ करोड ५५ लाख ३२ हजार रुपियाँ बराबरको राजश्व संकलन गरेको छ ।

निकुञ्जले आफ्नो क्षेत्र भित्र पर्ने पाटनहरुमा प्रवेशको लागि सुलिगार्ड, खालीबन/त्रिपुराकोट, तोइजुम, लगायतका पाँचवटा स्थानबाट मात्रै १ करोड ५५ लाख ३२ हजार राजश्व संकलन गरेको हो ।  धो, सुम्दो, छेक्पा, रिग्मोमा कति राजश्व उठ्यो भन्ने जानकारी आउन बाँकी रहेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

यार्सागुम्बा संकलनको लागि बाँकी स्थानहरूबाट वितरण गरिएको इजाजत पत्रको जानकारी आएपछि कुल १ करोड ८८ लाख बराबरको राजश्ज उठ्ने अनुमान गरिएको  निकुञ्जका रेन्जर किशोर महतले जानकारी दिए ।

उनका अनुसार निकुञ्जले अघिल्लो वर्ष १ करोड ४५ लाखमात्र राजश्व उठेको थियो । यो वर्ष पाँच ठाँउको मात्रै गणना गर्दा पनि अघिल्लो वर्षको भन्दा दश लाख धेरै राजश्व उठीसकेको छ।

आधाको जानकारी आउनै बाँकी रहेको र यो वर्ष अघिल्लो वर्षको उठेको राजश्वको तुलनामा करिब पौतालीस लाख धेरै राजश्व उठ्ने अनुमान गरिएको उनको भनाइ छ ।

कर्मचारी दरबन्दी थप हुनुका साथै यार्सा संकलकको सङ्ख्या पनि बृद्धि भएकाले पनि राजश्व धेरै संकलन भएको रेञ्जर महतले बताए । निकुञ्ज क्षेत्रका नौ वटा स्थानबाट करिब दश हजार सर्वसाधारण यार्सा संकलनका लागि पाटन प्रवेश गरेको प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

जेठ ५ गतेदेखि निकुञ्ज क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटन खुला गरिएको थियो । तर, डिभिजन वन अन्तर्गतका कतिपय यार्सा पाटनहरुहरु अझै खुलेका छैनन् ।

जिल्ला सदरमुकाम दुनैमा बैशाख २१ गते भएको सर्वपक्षीय बैठकले जेठ ५ गते निकुञ्ज र वन क्षेत्रका सम्पूर्ण यार्सा पाटन खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मात्र गरेको छ ।डिभिजन वन कार्यालय आफैं उपस्थित भएको बैठकमा आफू मातहतका यार्सा पाटनहरु तोकिएको मितिमा नखुलेको एकसाता बितिसक्दा समेत केही पाटन भने अझै खुल्न सकेका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP