बुधबार , असार ३, २०८३

पुर्ण सार्की:सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूलाई अस्पतालमा बिरामीबाट संकलित राजस्व रकम हिनामिना गरेको आरोपमा सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेश गरेको हो।

 

आयोगका अनुसार अस्पतालको स्वास्थ्य बीमा शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा बसेर बिरामीहरू सँग नगद संकलन गर्ने र सो रकम बैंकमा दाखिला नगरी व्यक्तिगत हितमा प्रयोग गर्ने कार्यमा संलग्न रहेको खुलेको छ।

 

उक्त कार्यमा लेखा अधिकृत सुवेदी र कुमारी बैंकको अस्पताल परिसरस्थित एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरको समेत मिलेमतो रहेको आयोगको दाबी छ।

 

अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा संकलन भएको जम्मा ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र बैंकमा दाखिला भएको देखिएको छ। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा हिनामिना गरिएको प्रमाणित भएको आयोगको भनाइ छ।

 

यस आधारमा लेखा अधिकृत सुवेदी र अपरेटर शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो। त्यस्तै, काउन्टर प्रमुख मगरविरुद्ध २४ लाख २ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै मतियारको भूमिकामा संलग्न भएको अभियोगमा छुट्टै मुद्दा चलाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP