बुधबार , असार ३, २०८३

सुर्खेत: सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ।गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशनले नीति तथा कार्यक्रम सगै आगामी वर्षका लागि चालू तर्फ ५८ % र पुजिगत तर्फ ४२%गरी अनुमानित कुल बजेट रु ६३ करोड ७ लाख ४८ हजार ९ सय ९९ रुपियाँ बजेट पेस गरेको छ ।

 

बराहताल गाउँपालिकालाई नेपाल सरकारबाट समानीकरण अनुदान तर्फ ११ करोड ५७ लाख, शसर्त अनुदान (चालु) तर्फ २४ करोड १७लाख शसर्त अनुदान पुजिगततर्फ रु ८३ लाख र विशेष अनुदान तर्फ १ करोड ६५ लाख र समपुरक अनुदान रु ८७ लाख वित्तिय हस्तान्तरण मै कुल ३९ करोड ९ लाख बजेट प्राप्त भएको छ।

त्यसैगरी कर्णाली प्रदेश सरकारबाट बराहताल गाउँपालिकाकालाई समानीकरण अनुदान तर्फ १ करोड ३७ लाख ३३ हजार, शसर्त अनुदान (चालु) तर्फ १६ लाख १८ हजार शसर्त अनुदान पुजिगततर्फ रु ३ करोड ७५ लाख र विशेष अनुदान तर्फ १ करोड १४ लाख गरी कुल रु ६ करोड ४२ लाख ५१ हजार बजेट प्राप्त भएको छ । राजश्व अनुदान बाँडफाँड तर्फ नेपाल सरकारबाट १४ करोड ४४लाख ९६ हजार २९२ र कर्णाली प्रदेश सरकारबाट रु २५ लाख एक हजार ७सय ७ प्राप्त गरेको जानकारी गाउँ सभा देखि गराएको छ।

 

कृषि क्षेत्रको सुधार तथा रुपान्तरण,उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण, स्थानीय आर्थिक विकास,मानव संसाधन पूर्वाधारको विकास र पूजी निर्माण, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ?

CamScanner 06-24-2025 18.06

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP