बुधबार , असार ३, २०८३

पुर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाका सबै स्थानीयतहले बजेट ल्याएका छन्। २ नगरपालिका र ६ गाउँपालिकारहेको डोल्पामा सबै स्थानीय तहले मंगलबार भित्रनै बजेट सार्वजनिक गरेका हुन्।

 

८ स्थानीय तह मध्ये सबै भन्दा बढी र सबै भन्दा पहिले ठुलीभेरी नगरपालिकाले बजेट ल्याएको हो।  नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड २३ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ।नगरपालिकाले चालु खर्चतर्फ ३९ करोड ८६ लाख ८४ हजार र पुँजीगत खर्चतर्फ १३ करोड ३७ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ६४ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ८ लाख, आन्तरिक आम्दानी १ करोड, संघीय सरकारबाट सशर्त अनुदान ११ करोड ३४ लाख, सशर्त विशेष अनुदान ३ करोड १५ लाख, समपूरक अनुदान २ करोड ७५ लाख बजेट नगर सभाबाट सार्वजनिक गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिल प्रसाद रोकायले जानकरी दिए।

उता त्रिपुरासुन्दरी नगरपालिकाले  आर्थिक वर्ष २०८२/८३ को लागि ५२ करोड ३८ लाख ३० हजार ३७४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक गरेपनि माओवादी र कांग्रेस निकट वडा अध्यक्षहरुले नगर सभा बहिष्कार गरेका कारण बजेट पारित हुने नहुने अन्योल नै छ। उप प्रमुख देवी घर्तिले र ९ का वडा अध्यक्ष राज बहादुर बुढासंगको सामान्य विवादलाई ठूलै बनाएर अध्यक्ष विरूद्ध मुद्धा दायर गरेकी छन् । वडा अध्यक्ष बुढा अहिले हिरासतमा छन् । सामान्य विवादलाई उग्र बनाई अध्यक्षलाई हिरासतमा राखेका कारण माओवादी केन्द्र निकट निर्वाचित ५ जना र कांग्रेस निकट १ जना वडा अध्यक्षले सामूहिक हस्ताक्षर सहित नगर सभा बहिष्कार गरेको जानकारी गराएका छन्। नगर प्रमुख जनचन्द्र रोकायले विवाद मिलाउन आफू निरन्तर लागि परिरहेको बताएका छन्।

मुड्केचुला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि चालू तर्फ ६० दशमलव ४७ प्रतिशत र पूजिंगत तर्फ ३९ दशमलव ५३ प्रतिशत गरी कुल ४२ करोड ३२ लाख २२ हजार १ सय १२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो।

 

डोल्पो बुद्ध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ करोड ४ लाख ११ हजार ९७ रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाका अनुसार उक्त बजेटमध्ये चालु खर्चतर्फ १४ करोड १० लाख ९८ हजार ९७ रुपैयाँ र पूँजीगत खर्चतर्फ १६ करोड ९३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

 

शे–फोक्सुण्डो गाउँपालिकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ३७ करोड १९ लाख ९९ हजारको बजेट पारित गर्दै सभा सम्पन्न भएको हो।पारित बजेटमध्ये चालुतर्फ रु १३ करोड ७५ लाख १० हजार ६५० र पुँजीगततर्फ रु २३ करोड ४४ लाख ८८ हजार ३५० विनियोजन गरिएको छ।

काईके गाउँपालिकाकाे गाउँ सभाले चालू र पुजीगत तर्फ गरि जम्मा रु ३३ कराेड ५९ लाख ३९ हजार ७ सय ६५ रुपैया बराबरको बजेट पारित गरेकाे छ ।काईके गाउँपालिकाले आ.ब. २०८२/८३ काे लागि संघीय सरकार समानिकरण अनुदान रु ७ कराेड ५२ लाख, संघीय सरकार शसर्त अनुदान चालू तर्फ रु ७ कराेड ९९ लाख, संघीय सरकार शसर्त अनुदान पुजीगत रु ३ कराेड २७ लाख, संघीय सरकार समपुरक अनुदान पुजीगत रु ८४ लाख बजेट विनियोजन गरेकाे छ।

 

जगदुल्ला गाउँपालिका डोल्पाले रु ३३ करोड ८२ लाख ५३ हजार ६ सय ३२ रुपैयाँ र छार्का ताङ्सोङ गाउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ करोड ७७ लाख बजेट सर्वसम्मत पारीत भएको छ । गाउँपालिका अध्यक्ष सेनाङ गुरुङको अध्यक्षतामा रहेको बिशेष सभामा उपाध्यक्ष कर्मा ढुण्डुप गुरुङ्गले बजेट पेश गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP