बुधबार , असार ३, २०८३

डोल्पा:डोल्पाको काईके गाउँपालिका–४ रिव गाउँमा असार १२ गते राति परेको अविरल वर्षाका कारण बाढी तथा पहिरो जाँदा ठूलो क्षति पुगेको छ। घटनामा ५३ घरधुरीका ३०० भन्दा बढी नागरिक विस्थापित भएका छन्। बाढीका कारण विद्यालयसहित धेरै घरहरू लेदोले पुरिएका छन्।

 

प्राकृतिक विपद्रा पछिको राहत तथा उद्धार कार्यलाई सहज बनाउन त्रिपुरासुन्दरी नगरपालिकाले तत्कालका लागि नगद १ लाख सहयोग गर्ने घोषणा गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नगरप्रमुख जनचन्द्र रोकायाले छिमेकीको पीडामा छिमेकीले साथ दिनु पर्ने भन्दै नगरपालिकाको तर्फबाट सहयोगको प्रतिबद्धता जनाएका हुन।

रोकायाले भने ‘प्राकृतिक विपत्तिमा स्थानीय तहहरू एक-अर्काका सहायक बन्न सक्नुपर्छ भन्ने विश्वास लिएको छु। नगरपालिकाको कार्यपालिकाबाट निर्णय लिएर नगद १ लाख सहयोग गर्नेछौं।’

 

काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले पीडित क्षेत्रमै पुगेर नागरिकलाई सान्त्वना दिएका छन्। उनले गाउँपालिकाबाट तत्काल १० लाख बराबरको राहत व्यवस्थापन गरिएको जानकारी दिए। ‘भगवानको कृपाले मानवीय क्षति नभए पनि भौतिक क्षति ठूलो छ। विस्थापितहरूलाई सुरक्षित स्थानमा राख्न सक्दो व्यवस्थापन भइरहेको छ’ अध्यक्ष रानाले भने।

 

काईके गाउँपालिकाले नेपाल बैंकमा ‘बाढी राहत कोष‘ खाता सञ्चालनमा ल्याएको छ, जसमा इच्छुक जो कोहीले सहयोग गर्न सक्ने अध्यक्ष रानाले जानकारी गराए।

 

शनिवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पूर्ण प्रभावित परिवारलाई १५ हजार र आंशिक प्रभावितलाई १० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। राहत पीडितको बैंक खातामा नै जम्मा गरिने प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक रोमबहादुर महतले जानकारी दिए।

 

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटीले गोदाममा मौज्दात रहेको २० थान त्रिपाल र ब्ल्याङ्केट उपलब्ध गराउने भएको छ। जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले विपद्को घडीमा सबैको सहयोग अपरिहार्य रहेको बताए।

 

क्षति पुगेका खानेपानी, कृषि तथा पूर्वाधारहरूको  चाँडो मर्मत र पुनर्निर्माणका लागि सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको समेत जानकारी दिइएको छ।

यसैबीच, काईके ४ रिवाका बाढी तथा पहिरो पीडितको सहयोगका लागि राहत संकलन कार्य पनि तीव्र रूपमा अगाडि बढाइएको छ।

सहयोगको लागि 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP