बुधबार , असार ३, २०८३

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको २५ औं बैठकबाट बजेट सर्वसम्मतिले पारित भएको हो ।

 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री राजीव विक्रम शाहले गत असार १ गते मध्यराति बजेट प्रस्तुत गरेसँगै कर्णालीको राजनीतिमा विवादको सुरुवात भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बजेट निर्माण प्रक्रियामा त्रुटि भएको र योजना छनोटमा सरकारमै रहेकाहरूले बेइमानी गरेको गम्भीर आरोप लगायो ।

बजेट निर्माणदेखि प्रस्तुत गर्नेसम्मका प्रक्रियामा प्रश्न उठाउँदै बजेटलाई ‘विवादित’ बनाएको थियो, विपक्षीले । प्रक्रियागत त्रुटि र योजना छनोटमा सत्तापक्षले मनोमानी गरेको भन्दै माओवादीले पटक–पटक प्रदेश सभाको बैठक नै अवरुद्ध गर्‍यो ।

प्रतिपक्षीको लगातारको अवरोधपछि मुख्यमन्त्री यमलाल कँडेलले विवाद समाधानका लागि पहल गरे । उनले प्रमुख प्रतिपक्षी दलसँग पटक–पटक छलफल गरी मनाउने प्रयास गरे । लामो वार्तापछि अन्ततः सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुटेको थियो ।

सोही सहमतिका आधारमा शुक्रबार बजेटमाथिको छलफल टुङ्ग्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP