ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

अमेरिकाको मिनेसोटा राज्यको प्रमुख शहर मिनियापोलिसको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीबीएस न्यूजले जनाएको छ ।

मिनेसोटाका गभर्नर टिम वाल्जले दिएको जानकारी अनुसार एननसिएशनको क्याथोलिक स्कुलमा गोली चलेको हो । किन्डरगार्टनदेखि आठ कक्षासम्मका विद्यार्थीहरुले प्रार्थना गरिरहेका बेला गोली चलेको थियो । गभर्नर वाल्जले यो आक्रमणलाई ‘भयानक हिंस्रक कार्य’ भनेका छन् ।

अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार सेमी अटोमेटिक हतियार बोकेर आएका व्यक्तिले गोली चलाएका थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन् ।

आक्रमणकारी नै मारिएकाले अब थप खतरा नरहेको अधिकारीहरुको भनाइ छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनामा दु:ख व्यक्त गर्दै चुस्त सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

अमेरिकामा हतियार सजिलै किनबेच गर्न पाइने भएकाले गोलीकाण्डका घटना सामान्यजस्तो हुँदै गएका छन् । त्यसैले बेलाबेलामा कडा कानुनको मागसमेत उठ्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP