डोल्पा: जिल्ला प्रशासन कार्यालय डोल्पाले त्रिपुरासुन्दरी नगरपालिका १ को त्रिपुराकोट बगर क्षेत्रमा कर्फ्यू लगाएको छ।
प्रशासनले बुधबार विज्ञप्ति जारी गर्दै बुधबार साझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि त्रिपुराकोट बगर बजारमा निषेधाज्ञा लागू गरेको हो।


प्रशासनले शान्ति सुरक्षा भंग हुने आशंका देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम बगर बजारको पूर्वमा रल्लि गाउँ, पश्चिममा कोट गाउ ,उत्तरमा गल्लि गाउँ र दक्षिणमा त्रिपुराकोट बजार (भेरी नदी पुल) भित्रको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो।
निषेधाज्ञा अवधिभर कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा विरोधका कार्यक्रम गर्न प्रतिबन्ध गरिएको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।
प्रशासनले सदरमुकाम दुनैमा भने मंगलबार देखि नै लागू हुने गरी निषेधाज्ञा लागू गरी सकेको छ।












