बुधबार , असार ३, २०८३

सुर्खेत: दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले बिहीबार राति वीरेन्द्रनगरको मंगलगढी चोक बाट नगद एक लाख घुस सहित उनलाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।

 

अख्तियारका अनुसार कार्कीलाई गाउँपालिकाको सडक निर्माण पश्चात अन्तिम विल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको केन्द्रीय कार्यालय टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लगेको हो।

अख्तियारका अनुसार वरिष्ठ लेखा अधिकृत कार्किलाई नियन्त्रणमा लगी थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP