बुधबार , असार ३, २०८३

पूर्ण सार्की/सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १०१ उजुरी परेका छन् ।

आयोगले आइतबार सार्वजनिक गरेको गत आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मात्रै १०१ उजुरी दर्ता भएको उल्लेख छ ।

त्यस्तै अख्तियारको प्रतिवेदन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ३३, प्रदेश सभाको १ , प्रदेश प्रमुखको कार्यालयका २, प्रदेश वन तथा वातावरण मन्त्रालयका १४८, पर्यटन तर्फ ७, कृषि तथा पशुपंक्षी ६३ , प्रदेश सामाजिक विकास मन्त्रालय तर्फ ११, स्वास्थ्यका ६३ , शिक्षा तर्फ १, खानेपानी तर्फ ८३, सिंचाई तर्फ ६१, ऊर्जा तर्फ १९, प्रदेश सहरी विकास तर्फ ३०, प्रदेश सहकारीका २३, प्रदेश उद्योग तर्फका ७, प्रदेश लोकसेवा आयोग कार्यालयका ४, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका ५, कानुन तर्फका ३, प्रदेश वाणिज्य तथा आपूर्तिका ३ र अन्य तर्फ २ उजुरी दर्ता भएका छन्।

कर्णालीका स्थानीय तहका मात्रै अख्तियारमा तीन हजार ३३० उजुरी दर्ता भएका छन् ।

आयोगको विवरण अनुसार गत वर्षको जिम्मेवारी समेत सरेर आएका आधारमा कर्णालीका ७९ पालिका मध्य सबैभन्दा बढी नारायण नगरपालिका दैलेखको उजुरी धेरै परेको देखिन्छ। नारायण नगरपालिकाको मात्रै २०६ उजुरी परेको अख्तियारले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP