प्रमिला विश्वकर्मा /सल्यान: सल्यानको कुपिण्डे दह बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
शनिबार वनगाढ कुपिण्डे दह नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सहकारीले आफ्नो साधारण सभा सम्पन्न गरेको सहकारीका अध्यक्ष दीपक कुमार यरीले रंगीन पाटीलाई जानकारी दिए। 


सहकारीको वार्षिक साधारण सभामा बोल्दै नगर प्रमुख बुढाथोकीले सहकारीको उत्तरोत्तर प्रगति कामना गर्दै ऐन, नियमको पालना गरे कुनै पनि सहकारी समस्यामा नपर्ने बताए।

उनले सहकारीले आगामी दिनमा थप सर्वसाधारण जनताको मन जित्दै जनताको जीविकोपार्जनमा माथि उकास्न सहयोग गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
सहकारी संस्थाका अध्यक्ष यरीले संस्थाको गतिविधि जानकारी गराउँदै संस्थालाई निरन्तर नाफामा लैजाने प्रयास भइरहेको बताए।
२०५४ सालमा २६ जना दलितहरु र ४९ सय शेरपुजि बाट स्थापना भएको सहकारी स्थापना काल देखि हालसम्म विभिन्न अप्ठ्यारा चुनौतीहरू पार गर्दै २७ औँ वर्षमा प्रवेश गरेको सहकारीका संस्थापक सचिव ध्रुव नेपालीले बताए।

अध्यक्ष यरीको सभाध्यक्षमा भएको साधारण सभामा विक्रम बोहोराले वार्षिक समीक्षात्मक प्रतिवेदन, शिशिर कुमार थापाले वार्षिक कार्ययोजना/आयव्य, पिमकली कुमाइले सांगठनिक प्रतिवेदन/ विविध, ध्रुव नेपालीले लेखा परीक्षण प्रतिवेदन २०८१ प्रस्तुत गरेका थिए।

सहकारीको साधारण सभामा वनगाढ कुपिण्डे दह नगरपालिका ८, ९ का वडा अध्यक्ष, साना किसान कृषि सहकारीका प्रतिनिधि, परिवर्तन कृषि सहकारीका संस्थाका अध्यक्ष, सहकारीका सबै शेयर सदस्यहरु, सहकारीका पूर्व पदाधिकारी, सहकारीका कर्मचारी लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो।











