सल्यान: सल्यानकाे शारदा नदी किनारमा अज्ञात महिलाको शव फेला परेको छ। सल्यानको शारदा नगरपालिका–१२ स्थित शारदा नदीको किनारमा झण्डै ३५/३६ वर्षकी देखिने एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
शनिबार दिउँसो करिब १२:०० बजेतिर त्यहाँका स्थानीयले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थल पुगेर लाश जाँच तथा मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानका काम पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानको शवगृहमा राखिएको जनाएको छ।


हालसम्म उक्त महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकले रातो सुरुवाल, रातो रङको सेतो फुल बुट्टा भएको कुर्ता, भित्र खरानी रङको ब्रा लगाएकी छिन्। उनको उचाइ करिब ५ फिट, कपाल कालो छोटो रहेको र उमेर करिब ३५–३६ वर्ष जति देखिने जनाइएको छ।
प्रहरीले कुनै व्यक्तिले उक्त महिलालाई चिन्ने वा पहिचान गर्न सक्ने भए तुरुन्तै जिल्ला प्रहरी कार्यालय सल्यानमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।












