ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा हाल १११ जना करार कर्मचारी कार्यरत रहेका छन् भने कार्यालय सहयोगीको संख्या मात्रै ३० जना रहेको पाइएको छ ।

नगरपालिकाकाे विभिन्न शाखा तथा कार्यालय सञ्चालनका लागि ठूलो संख्यामा करार कर्मचारी रहेको पाइएको छ। देशै भरका अधिकांश पलिकाले करारका कर्मचारी हटाउँदै गर्दा त्रिपुरासुन्दरीमा भने अझै आउँदो पुस सम्म करारका कर्मचारीहरुको म्याद थप गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

आन्तरिक राजस्व नै कम उठ्ने दुर्गमका पालिकाका यसरी करारका कर्मचारीहरु राख्दा पालिकामा आर्थिक भार परिरहेको छ।

त्रिपुरासुन्दरीमा अहीले पञ्जीकरण शाखामा संघीय बजेटमा ३ प्रधानमन्त्री रोजगार अन्तर्गत संघीय बजेटमा ३, विद्यालयमा नर्स ५ , गरिव संग विश्वशेवर कार्यक्रम अन्तर्गत ४ जना सामाजिक परिचालक, ७ जना नगर प्रहरी, नगरपालिकाका ११ वडामा ११ जना कार्यालय सहयोगी, त्रिपुरासुन्दरी मन्दिरमा १ , छलमष्टा मन्दिरमा १, रूम मन्दिर १ जना कार्यालय सहयोगी, नगरपालिकाकाे कार्यालयमा १४ जना कार्यालय सहयोगी, त्रिपुराकोट स्वास्थ्य चौकी र प्राथमिक आँखा उपचार केन्द्रमा १, १ जना कार्यालय सहयोगी, त्रिपुराकोट स्वास्थ्य चौकीमा १ जना स्वीपर, फोहोर संकलनमा २ जना सहयोगी, १ जना सूचना प्रविधि अधिकृत, राजस्व सहायक १ जना, सहायक कम्पुटर अपरेटर २ जना, उद्यम विकास सहजकर्ता २ ,पोषण सहजकर्ताको १, एम्बुलेन्स चालक २ जना, एकसाभेटर अपरेटर १ , इलेक्ट्रनिक टेक्निसिएन २ , कृषि प्राविधिक चौथो संघीय बजेट तर्फका २, पशु प्राविधिक १, सामाजिक परिचालक १ , असिस्टेन्ट सव- इन्जिनियर २ जना, त्रिपुराकोट स्वास्थ्य चौकीमा नेत्र सहायक पाँचौं १ , ल्याब असिस्टेन्ट १ , अनमि २ जना, सु स्वास्थ्यचौकीमा १ जना अनमि, १ जना स्वीपर, १ जना कार्यालय सहयोगी, पहाडा स्वास्थ्यचौकीमा २ जना अनमी, २ जना स्वीपर, १ जना अहेब, लिकु स्वास्थ्य चौकीमा १ जना स्वीपर, फुल्चिङ स्वास्थ्यचौकीमा २ अनमी, १ स्वीपर, १ कार्यालय सहयोगी, रसी सामुदायिक स्वास्थ्य एकाइमा १ अहेब, १ का.स , रूम आधारभूत स्वास्थ्य केन्द्रमा १ अहेब, १ का.स , रंग आधारभूत स्वास्थ्य केन्द्रमा १ अनमी, १ का.स, चु आधारभूत स्वास्थ्य केन्द्रमा १ अहेब, १ का.स, मुहुँ आधारभूत स्वास्थ्य केन्द्रमा १ अनमी,१ का.स , रावतबाडा आधारभूत स्वास्थ्य केन्द्र १ अहेब, १ का.स, ल्हा सामुदायिक स्वास्थ्य केन्द्र १ अहेब, १ का.स र सुस्वा परियोजना अन्तर्गत संघीयता बजेटमा ९ जना करारका कर्मचारी रहेका छन्।

यीमध्ये केही कर्मचारीहरू संघीय बजेटबाट तलबभत्ता पाउँछन् भने अधिकांशको तलब नगरपालिकाको आन्तरिक राजस्वबाट नै खर्च भइरहेको छ।

पालिकामा स्थायी दरबन्दी अभाव र आफ्नै स्रोतमा कार्यक्रम सञ्चालनको बाध्यताका कारण करार सेवाका कर्मचारी राख्नुपरेको नगरपालिकाका एक कर्मचारीले बताए। उनले भने ,’स्थायी पदपूर्तिका लागि आवश्यक प्रक्रिया नसकिँदा तत्कालका लागि करार सेवामा कर्मचारी नियुक्त गर्नुपरेको हो।’

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दरबन्दीअनुसारका पदहरूमा स्थायी दरखास्त आह्वान गर्ने र पुष पछि भने कसैको म्याद थप नगर्ने तयारी गरिरहेको जनाएको छ।

देशै भरका अधिकांश पालिकाले करारका कर्मचारी घटाउँदै गर्दा डोल्पाका ८ स्थानिय तहले भने घटाउने विषयमा कुनै चासो देखाएका छैनन ।

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP