ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

प्रमिला बिश्वकर्मा/सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको नगर अस्पतालको उद्घाटन गरिएको छ। मङ्गलवार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्य , कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री भिम प्रकाश शर्माको विशेष आतिथ्यता तथा जिल्ला समन्वय समितिका सल्यानका प्रमुख वेलाराम रावतको उपस्थितिमा नगरपालिकाको वडा नम्बर-१ देवस्थलमा निर्मित १५ शय्या नगर अस्पतालको औपचारिक रूपमा उद्घाटन गरिएको नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले जानकारी दिए।

अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वास्थ्य र शिक्षाका कारण बसाइसराइको दर बढिरहेको हुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य र शिक्षाका संरचना सुदृढ गर्नतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताए ।

 

उनले स्थानीय तहहरूमा मेडिकल अधिकृत खटाइएको जानकारी दिए।

उनका अनुसार सल्यान दार्मा बाहेकका सबै र रुकुम पश्चिमका सबै स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको छ। आवधिक निर्वाचनहरूका माध्यमबाट जनताले जनप्रतिनिधिको परीक्षा लिने गरेकोले सोही अनुरूप जनताप्रति उत्तरदायी हुनुपर्नेमा स्पष्ट पारे। सोही अनुरूप सार्वजनिक सेवा र वस्तु प्रवाह गर्दा गुणस्तरीय र पहुँचयोग्य बनाउँदै सुदृढीकरण तर्फ ध्यान दिन अपिल गरे।

अस्पतालको स्तरोन्नतिका निम्ति प्रदेश सरकार तयार रहेको बताउँदै यसका लागि स्थानीय सरकारको पहल आवश्यक रहने उनले बताए।

कम लगानी भएका निजी स्वास्थ्य संस्थामा सेवा राम्रो हुने र सरकारी सेवा प्रति नागरिकको असन्तुष्टि हुने गरेको बारे टिप्पणी गर्दै यसतर्फ व्यवहार सुधार गर्नुका साथै सबैले आफ्नो तहबाट सहकार्य एवम् समन्वय गर्न आग्रह गरे।

प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री भीमप्रकाश शर्माले प्रदेश सरकारको सहयोग प्राप्त भएपछि मात्र अस्पताल सुरु गर्न सकिएको बताए।

मन्त्रालयले अस्पतालका लागि मेडिकल अधिकृत सहितको जनशक्ति व्यवस्थापन गरेको जनाइएको छ। सामान्य उपचार नपाइरहेको यो भूमिमा नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा पाउन मात्रै ठुलो कुरा भएको उनले बताए। अस्पतालको स्तरोन्नति र सुदृढीकरणका लागि आफ्नो तहबाट पहल गरिने शर्माले प्रतिबद्धता जनाए।

नगरप्रमुख  बुढाथोकीले अस्पताल सञ्चालन गर्ने नगरवासीको सपना पुरा भएको बताए।स्वास्थ्य उपचारका लागि नागरिकले सास्ती पाइरहेको अवस्थामा राहत प्राप्त भएको बताए। उनले अस्पतालको विकासका लागि आफूहरू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए। समग्र नगरको विकासको लागि आफूहरू कटिबद्ध भएको जनाउँदै आगामी दिनहरूमा थप सक्रिय हुने बताए।

स्थानीय पञ्जे बाजा सहित धुमधामसंगले उद्घाटन गरिएको अस्पतालको उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्किने सिङारु नाच समेत प्रस्तुत गरिएको थियो। भने पालिकामा कार्यरत स्वास्थ्यकर्मी महिलाहरूले उद्घाटनमा आएका पाहुना अतिथिहरूलाई स्वागत नृत्य समेत  देखाएका थिए भने कार्यक्रमको सञ्चालन जीवनसिंह ठकुरीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP