ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

सल्यान: सल्यानको वनगाड कुपिण्डे नगरपालिका–८ आगानेटा नजिकै शैक्षिक भ्रमणमा रहेका विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

वनगाड कुपिण्डे–१२ स्थित गोब्राही प्राथमिक विद्यालय रमखोलाका विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि शुक्रबार दिउँसो करिब १ बजे आगानेटाबाट कुपिण्डेतर्फ फर्कँदै गर्दा रा.१ ज ८७१ नम्बरको जीप अनियन्त्रित भई भित्री सडक खण्डमा पल्टिएको प्रहरीले जनाएको छ।

जीप दुर्घटनामा सल्यानको वनगाड कुपिण्डे १२का ३८ वर्षीय टोपेन्द्र केसी, सोही स्थानकी ३५ वर्षीय गोमा कुमारी केसी,४ वर्षीय दिपेन्द्र थापा, १९ वर्षीय बिष्णु रोका मगर, ३५ वर्षीय कृष्णा वली , ५ वर्षीय गौरब वली, २५ वर्षीय तेज ब. डाँगी, ४२ वर्षीय निर्मला घर्ती, ३७ वर्षीय ललिता डीसी, दैलेखको डुङ्गेश्वर गाउँपालिकाका २८ वर्षीय देवप्रसाद गौतम घाइतेको भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेमबहादुर केसीले जानकारी दिए ।

जिपमा सवार २० मध्ये घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ।

जीप चालक सल्यान कालिमाटी गाउँपालिका–३ फारुलाका २९ वर्षीय प्रकाश घर्तीलाई अस्थायी प्रहरी पोष्ट बाबियाचौरले नियन्त्रणमा लिएको छ। जिप घटनास्थलमै भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP