सोमबार , बैसाख ७, २०८३

काठमाडौँ । बालेन साह नेतृत्वको सरकारले गठन गरेको मन्त्रिपरिषद् एक महिना नपुग्दै अधिकांश मन्त्रीहरूको सचिवालयले पूर्णता पाएको छ । प्रधानमन्त्री नियुक्त भएसँगै गत चैत १३ गते १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो भने पछि विस्तार हुँदै हाल १६ सदस्यीय बनेको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अधिकांश मन्त्रीका स्वकीय सचिव, निजी सचिव तथा व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) नियुक्त भइसकेका छन् र काम सुरु गरिसकेका छन् । यद्यपि पछिल्लो समय नियुक्त भएका केही मन्त्रीका सचिवालय अझै पूर्ण हुन बाँकी छन् ।

यसबीच मन्त्रीहरूको स्वकीय सचिवको नाममा विभिन्न व्यक्तिले दाबी गर्न थालेपछि अन्यौलता समेत सिर्जना भएको छ । केही दिनअघि मुगुको खत्याड गाउँपालिका निवासी एक व्यक्तिले आफूलाई गृहमन्त्रीको सल्लाहकारका रूपमा प्रस्तुत गरेको घटना सार्वजनिक भएपछि सचिवालय संरचनाबारे थप स्पष्टता आवश्यक देखिएको छ ।

मन्त्रीका सचिवालयमा नियुक्त व्यक्ति

प्रधानमन्त्री तथा रक्षा मन्त्री – बालेन साह

स्वकीय सचिव: सुवास शर्मा

निजी सचिव: प्रदीप परियार

पिएसओ: दीपेश बस्याल

अर्थ मन्त्री – स्वर्णिम वाग्ले

स्वकीय सचिव: नवीन ढुङ्गाना

निजी सचिव: कञ्चन बस्नेत

पिएसओ: श्रीहरि केसी

परराष्ट्र मन्त्री – शिशिर खनाल

स्वकीय सचिव: लोचन पौडेल

निजी सचिव: मधु भट्टराई

पिएसओ: जङ्गबहादुर बुढाथोकी

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री – बिराज भक्त श्रेष्ठ

स्वकीय सचिव: सञ्जीव महर्जन, राजा शाक्य

निजी सचिव: दुर्गानारायण भुर्तेल

पिएसओ: नारायण पराजुली

गृहमन्त्री – सुधन गुरुङ

स्वकीय सचिव: जेम्स कार्की

निजी सचिव: परशुराम पोखरेल

पिएसओ: श्रीहरि केसी

भौतिक पूर्वाधार तथा यातायात/सहरी विकास मन्त्री – सुनिल लम्साल

स्वकीय सचिव: प्रतीक श्रेष्ठ, विवेक बास्तोला

निजी सचिव: सुनिता घिमिरे

पिएसओ: सरोज गिरी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री – सोविता गौतम

स्वकीय सचिव: प्रकृति न्यौपाने

निजी सचिव: प्रजु डोटेल

पिएसओ: इसा श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री – सीता वादी

स्वकीय सचिव: टेकेन्द्र विश्वकर्मा

निजी सचिव: मिलन भट्टराई

पिएसओ: रमन राई

संघीय मामिला/भूमि व्यवस्था मन्त्री – प्रतिभा रावल

स्वकीय सचिव: अभिषेक श्रेष्ठ

निजी सचिव: राम आचार्य

पिएसओ: अनुपमा भारती

स्वास्थ्य तथा जनसंख्या/खानेपानी मन्त्री – निशा मेहता

स्वकीय सचिव: नीरज कटुवाल

निजी सचिव: यमुना सापकोटा

पिएसओ: रिता बुढाथोकी

शिक्षा तथा युवा/खेलकुद मन्त्री – सस्मित पोखरेल

स्वकीय सचिव: आरजु लोहनी

निजी सचिव: विष्णु भुसाल, उषा लामिछाने

पिएसओ: राजेन्द्र शर्मा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री – खड्गराज पौडेल

स्वकीय सचिव: सुमन गौतम

निजी सचिव: अर्जुन शर्मा

पिएसओ: दिलिप चौधरी

सञ्चार तथा सूचना प्रविधि मन्त्री – विक्रम तिमिल्सेना

स्वकीय सचिव: शिव थापा

निजी सचिव: राकेश गुरुङ

पिएसओ: ताराकृष्ण काफ्ले

कृषि तथा वन वातावरण मन्त्री – गीता चौधरी

स्वकीय सचिव: युवराज भण्डारी, निजी सचिव: शिव सागर चौधरी, पिएसओ: पद्मा खत्री

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री – गौरीकुमारी यादव

निजी सचिव: सन्ध्या सिग्देल (अन्य पद पूर्ति हुन बाँकी)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री – राजमी यादव

निजी सचिव: केशर पण्डित (अन्य पद पूर्ति हुन बाँकी)

अधिकांश मन्त्रीका सचिवालयले पूर्णता पाए पनि केही मन्त्रालयमा अझै नियुक्ति प्रक्रिया जारी रहेको छ । सचिवालय संरचना स्पष्ट नहुँदा बाहिर विभिन्न दाबीहरू बढ्न थालेकाले सरकारसमक्ष यसबारे पारदर्शिता कायम गर्ने चुनौती देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP