सोमबार , बैसाख ७, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा नेपाल टेलिकम को एनटी फाइबर सेवा विस्तार तथा नेटवर्क सुधारको माग गरिएको छ।

नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालयमा ध्यानाकर्षण गराउँदै एनटी फाइबर सेवा विस्तार तथा नेटवर्क सुधारको माग गरेको हो।

जिल्लाको जगदुल्ला गाउँपालिकामा दूरसञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीयवासीले समस्या भोगिरहेको उल्लेख गर्दै नेविसंघले उक्त क्षेत्रमा फाइबर सेवा विस्तार तथा नेटवर्क सुधार गर्न आग्रह गरेको नेविसंघका जिल्ला अध्यक्ष मिलन बुढाथोकीले बताए ।

उनले करिब तीन वर्षदेखि फोरजी सेवा सञ्चालनमा रहे पनि नेटवर्क स्थिर र भरपर्दो बन्न नसकेको उल्लेख गर्दै कमजोर सौर्य ब्याकअपका कारण राति तथा बादल लागेको समयमा सेवा अवरुद्ध हुने समस्या रहेको समेत बताए।

‘केही मोबाइलहरुमा अहिले पनि फोरजी सेवा प्रभावकारी रूपमा चल्दैन ‘ उनले भने ‘जगदुल्लाका नागरिकहरू अझै पनि न्यूनस्तरको सेवामा सीमित रहनुपरेको छ ।’

जगदुल्ला गाउँपालिकाको मौरे लेकस्थित टावरबाट ल्याइएको रिपिटर प्रणालीलाई नजिकको त्रिपुरासुन्दरी नगरपालिकामा फाइबर सेवामा रूपान्तरण गरिएको उदाहरण प्रस्तुत गर्दै उनले सोही मोडेलमा जगदुल्लामा पनि सेवा विस्तार गर्न प्राविधिक रूपमा सम्भव र व्यवहारिक रहेको बताए।

डिजिटल युगमा भरपर्दो इन्टरनेट आधारभूत आवश्यकता भइसकेको उल्लेख गर्दै स्थानीय सरकार, संघसंस्था तथा सेवाग्राहीहरू फाइबर सेवा सञ्चालनका लागि पूर्ण रूपमा तयार रहेको नेविसंघले जनाएको छ।

नेविसंघले यथाशीघ्र फाइबर सेवा विस्तार, विद्यमान टावरहरूको नेटवर्क क्षमता वृद्धि, भरपर्दो विद्युत ब्याकअपको व्यवस्था तथा सबै मोबाइलमा प्रभावकारी रूपमा फोरजी सेवा सञ्चालन हुने गरी आवश्यक उपकरण जडान र प्राविधिक सुधार गर्न नेपाल टेलिकमसँग माग समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP