सोमबार , बैसाख ७, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिका भित्रका विद्यालयहरूमा आइतबार पनि पठनपाठन सञ्चालन हुने भएको छ।

पालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा नियमित रूपमा पठनपाठन सञ्चालन गर्ने नगर शिक्षा समितिले निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायले जानकारी दिए ।

नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका सन्दर्भमा नगर शिक्षा समितिमा भएको छलफलपछि आइतबार पनि विद्यालयहरूमा नियमित रूपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको रोकायले जानकारी दिए।

नगर शिक्षा समितिको निर्णयसँगै ठूलीभेरीले पालिका भित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा आइतबार समेत नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

पालिकाले वैशाख ८ गतेदेखि ११ गतेसम्म भर्ना अभियान सञ्चालन गरी वैशाख १३ गतेदेखि नै कक्षा सञ्चालन सुरु गर्न सबै विद्यालयहरूलाई निर्देशनात्मक अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP