नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । आइतबार साँझ ७ बजे खड्काको निवास गोल्फुटारमा पुगेर सभापति थापाले भेट गरेका हुन् ।
थापाको सचिवालयले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलमा भएका विषयबारे जानकारी गराएको छैन ।


सर्वोच्च अदालतको आदेशपछि खड्का आफू पक्षीय नेताहरू निरन्तर छलफलमा छन् । आजै दिउँसो पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू छलफलमा जुटेका थिए ।
उनीहरूले अदालतको आदेश स्वीकार गर्ने तर आफूहरू सम्मानजनक अवस्था पाउनुपर्ने बताएका छन् । यसैबीच थापाले साँझ उनकै निवास पुगेर खड्कासँग भेटवार्ता गरेका हुन् ।











