सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० खानिगाउँमा आगलागी हुँदा चार घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

सोमबार  दिउँसो करिब १:३० बजे ६५ वर्षीय तेजबहादुर पुनको गोठबाट सुरु भएको आगलागीले उनको गोठ पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। आगो फैलिँदै जाँदा स्थानीय ४६ वर्षीय थमन घर्तीको दुई तले तीन कोठे खरले छाएको कच्ची घर, ३३ वर्षीय जीवन पुनको दुई तले चार कोठे कच्ची घर तथा ३० वर्षीय खुमबहादुर पुनको तीन तले चार कोठे कच्ची घर समेत जलेर नष्ट भएका छन्।

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी दिउँसो करिब ४:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। घटनामा मानवीय तथा चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP